Pages

नेपालमा पर्यटकको संख्यामा वृद्धि

काठमाडौं, १९ असार , जुन महिनामा नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा झण्डै ३८ प्रतिशतले वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार गतवर्षको तुलनामा ३७ दशमलव ९ प्रतिशतले वृद्धि भइ जुन महिनामा त्रिभुवन विमानस्थलबाट ३७ हजार २ सय २६ पर्यटक नेपाल आएका छन् । दक्षिण एसियाबाट ५२ प्रतिशत वृद्धि भएकोमा .भारतीय पर्यटकको आगमन ६० प्रतिशतले वृद्धि भएको छ ।


नेपाल पर्यटन वर्ष सु  भएयता अन्य एशियाली मुलुकबाट विगतको वर्षको तुलनामा झण्डै ३२ प्रतिशत पर्यटक नेपाल आएका छन् । चिनिया पर्यटकको संख्या १ सय ५ प्रतिशतले वृद्धि भएको पर्यटन बोर्डले जनाएको छ ।
जापान मलेसिया, दक्षिण कोरिया र थाइल्याण्डवाट नेपाल आउने पर्यटकको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ । वेलायत, जर्मनी, इटालि र स्विजरल्याण्ड लगायत युरोपेली मुलुकबाट झण्डै ११ प्रतिशत वृद्धि भएको छ । अमेरिकाबाट २४ दशमलव ३ प्रतिशत वृद्धि भएपनि गत जनवरीको तुलनामा क्यानडाबाट नेपाल आउने पर्यटकको संख्या भने तीन दशमलव ८ प्रतिशतले ह्रास आएको छ । सबैभन्दा बढी न्यूजिल्याण्डबाट १ सय ७० प्रतिशत पर्यटक आगमन बढेको पर्यटन बोर्डले जनाएको छ । सरकारले सन् २०११ लाई नेपाल भ्रमण वर्ष घोषणा गरी १० लाख पर्यटक भि याउने लक्ष राखेपनि सोही अनुसारको लक्ष्य भेट्न नसकिने संकेत देखिएको छ ।

No comments:

Post a Comment