Pages

कहाँ हरायो सहमति ?

असार -१५ , काठमाडौँ , प्रमुख तीन दलबीच देखिएको अविश्वासका कारण पांच बुंदे सहमति हराएको छ । दलहरुबीच देखिएको अविश्वास र माओवादीभित्रको आन्तरिक कलहले सहमति धरापमा पर्ने खतरा बढेको हो । सहमति कार्यान्वयनको अनुगमन गर्न संसदले अनुगमन समिति बनाएपनि दलहरु सहमतिप्रति इमान्दार नएसम्म जति नै अनुगमन गरेपनि सहमति कार्यान्वयन संभव छैन ।

 जसले गर्दा शान्ति प्रक्रिया र संविधानको पहिलो एकीकृत मस्यौदाले मूर्तरुप लिन नसक्ने संभावना बढेको छ । पांच बुंदे सहमतिमा व्यक्त प्रतिवद्धता अनुसार प्रमुख तीन दल अगाडि बढ्न नसक्ने अवस्थामा शान्ति प्रक्रिया ठोस निष्कर्षमा पुग्न नसक्ने र मस्यौदा पनि जारी हुन नसक्नेमा सन्देह छैन ।
तीन महिना थपिएको संविधानसभाको समयावधि अब दुर्इ महिना मात्र बांकी छ । अति महत्वपूर्ण र संवेदनशील समयको ख्याल गरी शान्ति प्रक्रियामा र संविधानको मस्यौदाका काम निर्दिष्ट समयमा सम्पन्न गर्नु पर्ने जिम्मेवार नेता नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको विदेश भ्रमण र माओवादीभित्र शान्ति प्रक्रियाप्रति रहेको फरक-फरक दृष्टिकोण तथा नीतिले जनताको अपेक्षामाथि आघात पुर्‍याएको छ । यस परिप्रेक्ष्यमा भदौ १४ सम्म शान्ति प्रक्रियाका मूलभूत कार्य सम्पन्न हुन कठिन छ । प्रमुख तीन दलका लागि तीन महिनाको समय अग्नि परीक्षा हो यसबाट ती दल पार हुन नसक्ने हुन् भने भदौ १४ गतेपछिको भविष्य कसैका निम्ति पनि शुभ हुंदैन ।
संविधानसभा विघटन हुने हो कि अथवा राजनीतिक दलहरूबीचको राजनीतिक र वैचारिक संघर्षले मुलुकलाई पुनः गृहयुद्धमा धकेल्ने हो ? यो प्रश्नको उत्तर संविधानसभामा रहेका दलहरुले दिनुपर्नेछ । पछिल्लो राजनीतिक घटनाक्रमले मुलुकमा शान्ति प्रक्रिया टुंगोमा पुग्ने र संविधान बन्ने विश्वसनीय आधार तयार गर्न सकेको छैन । संविधानसभामा सबैभन्दा ठूलो दल माओवादीले लोकतान्त्रिक शासन व्यवस्थालाई स्वीकार नगर्ने र अन्य दलले माओवादीको एक दलीय शासनको विरोध गर्ने अवस्था रहेसम्म शान्ति प्रक्रिया र संविधान निर्माण दुवै अवरुद्ध हुन्छ नै । राजनीतिक दलहरूको आ-आफ्नै राजनीतिक आस्था र सिद्धान्तका व्यवस्था लागू गर्ने-गराउने जुन संघर्ष चलिरहेको छ त्यो आफैमा राष्ट्रहितविरुद्धको संघर्ष हो । पांच बुंदे सहमतिलाई प्रमुख तीन दलका नेताहरूले आ-आफ्नै स्वार्थ अनुकूल ब्याख्या गरिरहेकाले बांकी चार बुंदा कार्यान्वयन नहुने अवस्था एकातिर छ भने अर्कातिर दलहरूबीचको विवाद र अविश्वासले गर्दा मुलुक अशान्त र संविधानविहीन दिशातर्फधकेलिने  छ ।

No comments:

Post a Comment