Pages

कहाँ हरायो सहमति ?

असार -१५ , काठमाडौँ , प्रमुख तीन दलबीच देखिएको अविश्वासका कारण पांच बुंदे सहमति हराएको छ । दलहरुबीच देखिएको अविश्वास र माओवादीभित्रको आन्तरिक कलहले सहमति धरापमा पर्ने खतरा बढेको हो । सहमति कार्यान्वयनको अनुगमन गर्न संसदले अनुगमन समिति बनाएपनि दलहरु सहमतिप्रति इमान्दार नएसम्म जति नै अनुगमन गरेपनि सहमति कार्यान्वयन संभव छैन ।

नेपालमा पर्यटकको संख्यामा वृद्धि

काठमाडौं, १९ असार , जुन महिनामा नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा झण्डै ३८ प्रतिशतले वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार गतवर्षको तुलनामा ३७ दशमलव ९ प्रतिशतले वृद्धि भइ जुन महिनामा त्रिभुवन विमानस्थलबाट ३७ हजार २ सय २६ पर्यटक नेपाल आएका छन् । दक्षिण एसियाबाट ५२ प्रतिशत वृद्धि भएकोमा .भारतीय पर्यटकको आगमन ६० प्रतिशतले वृद्धि भएको छ ।